कोरोना कहर : महामारीको केन्द्रबिन्दु अब युरोप, अमेरिकामा राष्ट्रिय सङ्कटकाल घोषणा
न्युजभित्तो/१ चैत्र २०७६, शनिबार १२:२९
जेनेभा (स्वीजरल्याण्ड) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गर्नुभएको छ ।
‘यो आगोलाई बल्न नदिऊँ’, उहाँले भन्नुभयो। थुप्रै युरोपेली देशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रसले यस विषयमा बोल्नुभएको हो ।
इटलीमा २४ घण्टामा सर्वाधिक दुई सय ५० जनाको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ एक हजार दुई सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार छ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ। त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई एक सय २० र सङ्क्रमित हुने मानिसको सङ्ख्या चार हजार दुई सय ३१ पुगेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताउनुभएको छ ।
युरोप किन केन्द्रबिन्दु ?
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक सय २३ वटा देशमा एक लाख ३२ हजार पाँच सय भन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ देखिएको छ। यसबाट मृत्यु हुने मानिसको सङ्ख्या झन्डै पाँच हजार पुगेको छ।
त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले ूएउटा दुःखद कोसेढुङ्गाूको रूपमा व्याख्या गर्नुभएको छ । ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ। चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ’ उहाँले भन्नुभयो ।
चीनमा महामारी उत्कर्षमा पुगेको बेलाभन्दा बढी घटनाहरू युरोपमा अहिले प्रत्येक दिन देखिन थालेका छन्। स्पेन र इटलीमा सङ्ख्या बढिरहँदा फ्रान्समा दुई हजार आठ सय ७६ जनामा सङ्क्रमण देखिएको छ भने ७९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या बिहीवार ६१ थियो।
जर्मनीमा तीन हजार ६२ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। ब्रिटेनमा सात सय ९८ जनामा सङ्क्रमण देखिएको छ भने ११ जनाको ज्यान गइसकेको छ।
युरोपेली देशहरू के गर्दैछन् ? देशव्यापी सतर्कताको घोषणा गर्दै स्पेनी प्रधानमन्त्री सान्चेजले नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्नका निम्ति सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने बताउनुभएको छ।
पछिल्लो घोषणाले मानिसहरूको हिँडडुललाई सीमित तुल्याउने, उद्धारका लागि निर्देशन दिने, कतिपय ठाउँको पहुँचमा रोक लगाउने र उद्योगहरूमाथि १५ दिनसम्म हस्तक्षेप गर्न पाउने अधिकार प्रदान गर्नेछ।
‘जित हामीमध्ये प्रत्येकमा निर्भर गर्नेछ। बहादुरी भनेको आफ्ना हातहरू धुनु र घरभित्रै बस्नु पनि हो’, स्पेनी प्रधानमन्त्री सान्चेजले भन्नुभएको छ ।
अत्यावश्यकबाहेक स्पेनका थुप्रै भागमा यात्रा नगरिने यूकेको विदेश तथा कमनवेल्थ कार्यालयले जनाएको छ। इटलीले देशव्यापी ‘लक डाउन’ अर्थात् घरबाहिर निस्किन र हिँडडुल गर्न रोक लगाएको छ।
युरोपका यीसहित कम्तीमा १० वटा मुलुकले सीमा बन्द गर्दैछन् :
डेनमार्कः शनिबारदेखि विदेशीहरूका लागि सीमा बन्द । चेक गणतन्त्रः बसोबासको अनुमति भएकाबाहेक अरूलाई मुलुक प्रवेशमा रोक, देशकै नागरिकलाई विदेश जानमा रोक । स्लोभाकियाः बसोबासको अनुमति भएकाबाहेक सबै विदेशीलाई मुलुक प्रवेशमा रोक । अस्ट्रियाः पछिल्लो चार दिनको स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएकाबाहेक सबै विदेशीलाई इटली हुँदै प्रवेश गरिने तीनवटा नाका बन्द, तर आफ्ना देशका नागरिकलाई खुला । युक्रेनः कूटनीतिज्ञबाहेक सबै विदेशीलाई सबै स्थल नाका दुई हप्ताका लागि बन्द । हङ्गेरीः अस्ट्रिया र स्लोभिनियासँगका सीमा बन्द । पोल्यान्डः आइतवारदेखि सबै विदेशीका लागि सीमा बन्द । बेल्जियम, फ्रान्स, स्विट्जरल्यान्ड र जर्मनीका कतिपय भागका विद्यालय बन्द गरिएको छ। ठूला भेला गर्न र सिनेमाघर, रेस्टुराँ तथा बार जान कडाइ गरिएको छ।
प्यारिसस्थित विश्वप्रसिद्ध लूभ्र सङ्ग्रहालयले शुक्रवारदेखि बन्द रहने घोषणा गरिसकेको छ भने पर्यटकका लागि आइफल टावर पनि बन्द भएको छ।
अरू ठाउँको स्थिति के छ ? अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।
पाकिस्तानले सबै स्थल सीमा बन्द गर्दैछ भने १५ दिनका लागि अन्तर्राष्ट्रिय हवाई उडानलाई सीमित तुल्याउन लागेको विदेशमन्त्री शाह महमूद कुरैशीले बताउनुभएको छ ।
भारतले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। शुक्रवारदेखि लागु हुनेगरी भारतले अधिकांश प्रवेशाज्ञा स्थगित गरिदिएको छ। भारत प्रवेश गर्न पाउने मानिसले पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।
क्यानडामा सांसदहरूले संसद् स्थगित गर्ने पक्षमा मतदान गरेका छन्। पत्नीमा सङ्क्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन ट्रुडो शुक्रवारदेखि १४ दिनका लागि अलग्गै बस्न थाल्नुभएको छ । वीवीसीको सहयोगमा
जेनेभा (स्वीजरल्याण्ड) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गर्नुभएको छ ।
‘यो आगोलाई बल्न नदिऊँ’, उहाँले भन्नुभयो। थुप्रै युरोपेली देशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रसले यस विषयमा बोल्नुभएको हो ।
इटलीमा २४ घण्टामा सर्वाधिक दुई सय ५० जनाको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ एक हजार दुई सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार छ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ। त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई एक सय २० र सङ्क्रमित हुने मानिसको सङ्ख्या चार हजार दुई सय ३१ पुगेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताउनुभएको छ ।
युरोप किन केन्द्रबिन्दु ?
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक सय २३ वटा देशमा एक लाख ३२ हजार पाँच सय भन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ देखिएको छ। यसबाट मृत्यु हुने मानिसको सङ्ख्या झन्डै पाँच हजार पुगेको छ।
त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले ूएउटा दुःखद कोसेढुङ्गाूको रूपमा व्याख्या गर्नुभएको छ । ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ। चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ’ उहाँले भन्नुभयो ।
चीनमा महामारी उत्कर्षमा पुगेको बेलाभन्दा बढी घटनाहरू युरोपमा अहिले प्रत्येक दिन देखिन थालेका छन्। स्पेन र इटलीमा सङ्ख्या बढिरहँदा फ्रान्समा दुई हजार आठ सय ७६ जनामा सङ्क्रमण देखिएको छ भने ७९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या बिहीवार ६१ थियो।
जर्मनीमा तीन हजार ६२ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। ब्रिटेनमा सात सय ९८ जनामा सङ्क्रमण देखिएको छ भने ११ जनाको ज्यान गइसकेको छ।
युरोपेली देशहरू के गर्दैछन् ?
देशव्यापी सतर्कताको घोषणा गर्दै स्पेनी प्रधानमन्त्री सान्चेजले नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्नका निम्ति सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने बताउनुभएको छ।
पछिल्लो घोषणाले मानिसहरूको हिँडडुललाई सीमित तुल्याउने, उद्धारका लागि निर्देशन दिने, कतिपय ठाउँको पहुँचमा रोक लगाउने र उद्योगहरूमाथि १५ दिनसम्म हस्तक्षेप गर्न पाउने अधिकार प्रदान गर्नेछ।
‘जित हामीमध्ये प्रत्येकमा निर्भर गर्नेछ। बहादुरी भनेको आफ्ना हातहरू धुनु र घरभित्रै बस्नु पनि हो’, स्पेनी प्रधानमन्त्री सान्चेजले भन्नुभएको छ ।
अत्यावश्यकबाहेक स्पेनका थुप्रै भागमा यात्रा नगरिने यूकेको विदेश तथा कमनवेल्थ कार्यालयले जनाएको छ। इटलीले देशव्यापी ‘लक डाउन’ अर्थात् घरबाहिर निस्किन र हिँडडुल गर्न रोक लगाएको छ।
युरोपका यीसहित कम्तीमा १० वटा मुलुकले सीमा बन्द गर्दैछन् :
डेनमार्कः शनिबारदेखि विदेशीहरूका लागि सीमा बन्द ।
चेक गणतन्त्रः बसोबासको अनुमति भएकाबाहेक अरूलाई मुलुक प्रवेशमा रोक, देशकै नागरिकलाई विदेश जानमा रोक ।
स्लोभाकियाः बसोबासको अनुमति भएकाबाहेक सबै विदेशीलाई मुलुक प्रवेशमा रोक ।
अस्ट्रियाः पछिल्लो चार दिनको स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएकाबाहेक सबै विदेशीलाई इटली हुँदै प्रवेश गरिने तीनवटा नाका बन्द, तर आफ्ना देशका नागरिकलाई खुला ।
युक्रेनः कूटनीतिज्ञबाहेक सबै विदेशीलाई सबै स्थल नाका दुई हप्ताका लागि बन्द ।
हङ्गेरीः अस्ट्रिया र स्लोभिनियासँगका सीमा बन्द ।
पोल्यान्डः आइतवारदेखि सबै विदेशीका लागि सीमा बन्द ।
बेल्जियम, फ्रान्स, स्विट्जरल्यान्ड र जर्मनीका कतिपय भागका विद्यालय बन्द गरिएको छ। ठूला भेला गर्न र सिनेमाघर, रेस्टुराँ तथा बार जान कडाइ गरिएको छ।
प्यारिसस्थित विश्वप्रसिद्ध लूभ्र सङ्ग्रहालयले शुक्रवारदेखि बन्द रहने घोषणा गरिसकेको छ भने पर्यटकका लागि आइफल टावर पनि बन्द भएको छ।
अरू ठाउँको स्थिति के छ ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।