राष्ट्रिय

प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, २६ साउन ।निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
-न्युजभित्तो

काठमाडौँ, २६ साउन । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ ।...

मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड...

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
-न्युजभित्तो

चितवन, २६ साउन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पु¥याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पु¥याइएको हो । गत एक सातामा प्रशासनको टोल...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, २५ साउन ।  प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
-न्युजभित्तो

चितवन, २४ साउन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड...

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
-न्युजभित्तो

काठमाडौं, २२ साउन । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार...

आकस्मिक बाढीको आज मध्यम जोखिम
-न्युजभित्तो

काठमाडौँ, १९ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ,...

चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
-न्युजभित्तो

चितवन, १८ साउन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर...

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
-न्युजभित्तो

सुदूरपश्चिम, १८ साउनः धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली—युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले...