कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
न्युजभित्तो/३ आश्विन २०८३, शनिबार १४:५१
चितवन, ३ असोज । कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या बढेको हो ।
विश्वविद्यालयले कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान र वन विज्ञान अध्ययन गर्नुको महत्वको बारेमा व्यापक प्रचारप्रसार गर्दा विद्यार्थीको आकर्षण बढेको छ । विश्व विद्यालयले क्याम्पस र विद्यार्थीहरु मार्फत् समेत प्रचार प्रसार गरेको थियो । विश्व विद्यालयको पदाधिकारीको टिमले विभिन्न क्याम्पसहरुमा स्थलगत अध्ययन गरी त्यहाँका प्राध्यापक, कर्मचारी र विद्यार्थी मार्फत् प्रसार प्रसार समेत गराएको थियो ।
विश्व विद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार गत शैक्षिक सत्रमा एक हजार ५०८ जनाले प्रवेश परीक्षा दिएकोमा यस वर्ष एक हजार ६९३ जनाले आज प्रवेश परीक्षा दिएका छन् । विश्व विद्यालयले देशका विभिन्न छ ठाउँबाट एकैसाथ प्रवेश परीक्षा लिएको हो । विगतका वर्षहरुमा काठमाण्डौं, हेटौंडा र चितवनको रामपुरमा मात्रै परीक्षा दिने व्यवस्था गरिएको थियो । उहाँले भन्नुभयो “विद्यार्थीहरु टाढाटाढाबाट आउन नपरोस् भन्नका लागि हामीले छ ठाउँबाट परीक्षा लिएका हौं ।”
यस वर्ष रामपुरबाट ५६८, काठमाण्डौंबाट ६०६, हेटौंडाबाट ६५, इटहरीबाट १४५, जनकपुरबाट ९१ र नेपालगञ्जबाट ११५ जनाले प्रवेश परीक्षा दिएको कट्टेलले बताउनुभयो । यस वर्ष फारम भर्नेको संख्या एक हजार ८०४ रहेको थियो । ती मध्ये १११ जना परीक्षामा अनुपस्थिति भएका हुन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस र अंगिक गरी नौ ठाउँमा ८५४ जना विद्यार्थीले पढ्न पाउँछन् । यस्तै सम्बन्धन प्राप्त आठ वटा निजी क्याम्पसमा चार सय जनाले अध्ययन गर्ने अवसर पाउँछन् । ती सबै जोड्दा एक हजार २५४ जनाले अध्ययन गर्न पाउने छन् । ती मध्ये १२ जना विदेशी विद्यार्थी पनि पर्दछन् । उनीहरु प्रवेश परीक्षामा सहभागी हुनु पर्दैन ।
कट्टेलले यस वर्ष विद्यार्थीको संख्या बढेकाले आंगिक र निजी सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी पुग्ने बताउनुभयो । गत वर्ष आठ वटा आंगिक मध्ये पाँच वटामा विद्यार्थीको अभावमा नयाँ भर्ना भएका थिएनन् । निजी आठ वटा क्याम्पसले विद्यार्थी नपाउँदा बन्द छन् । कट्टेलले विद्यार्थी नपुगे आंगिक क्याम्पसलाई अनुसन्धान, नवपर्वतन र प्रसार केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । विद्यार्थी नपुगेमा २१ दिनभित्र पुनः प्रवेश परीक्षा समेत गरिने उहाँले बताउनुभयो । कट्टेल उपकुलपति बनेसँगै उहाँले शैक्षिक क्यालेण्डर तयार गरेर काम गरिरहनु भएको छ । क्यालेण्डर अनुसार नै अध्यापन र परीक्षा प्रणाली अघि बढाएकाले पनि विद्यार्थीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।
उपकुलपति कट्टेलले देशभरका क्याम्पसहरु मार्फत् प्रचारप्रसार गरी देशका छ ठाउँमा प्रवेश परीक्षा गरिएको र पाठ्यक्रम परिमार्जनसँगै गुणस्तरमा विकास हुँदा विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । यस विश्वविद्यालयमा कृषि, पशु चिकित्सा विज्ञान तथा पशुपालन, मत्य विज्ञान र वन विज्ञान, विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिको पढाई हुन्छ ।
कृषि संकायका डिन प्रा.डा.सुन्दर तिवारीले यस वर्ष विद्यार्थीको आकर्षण यस विश्व विद्यालयमा बढेको बताउनुभयो । पदाधिकारी तहका सहित विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको साथ र सहयोगका कारण परीक्षा प्रणाली व्यवस्थित गर्न सकिएको उहाँले बताउनुभयो ।
विश्व विद्यालयले पहिलो पटक विदेशी विद्यार्थी भर्ना शुरु गरेको छ । विदेशी विद्यार्थी पाँच जनाको आवेदन प्राप्त भईसकेको छ । ती विद्यार्थी भारत र बंगलादेशका हुन् । परराष्ट्र मन्त्रालय मार्फत् अन्य विद्यार्थी आउने अपेक्षा गरिएको डिन प्रा.डा. तिवारीले बताउनुभयो । विश्वविद्यालयमा तीन संकायमा गरी विदेशी १२ जना विद्यार्थी यस शैक्षिक सत्रबाट भर्ना गरिंदै छ । जसमध्ये पाँच जना कृषि, तीन पशु चिकित्सा, एक मत्स्य विज्ञान र तीन जना वन विज्ञानका रहेका छन् ।
विश्व विद्यालयले गत वर्षहरुको तुलनामा यस वर्षबाट छात्रावृत्तिको दायरा र प्रतिशत समेत बढाएको छ । विश्वविद्यालयमा न्यून शुल्कमा पढ्ने अवसर विद्यार्थीले पाउँछन् । यहाँ पढेका विद्यार्थीले सहजै रोजगारी पाउने र विदेशी बजारमा समेत अवसर राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ ।