राष्ट्रिय
काठमाडौं,१५ पुस। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिए । चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या...
बनेपा, १५ पुस । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...
दमौली, १५ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक...
काठमाडौं,१५ पुस । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...
नवलपुर, १५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको...
चितवन, १४ पुस । चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बुधबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सन २०२१ मा जिल्लाभर ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएको...
काठमाडौं,१४ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि...
चितवन, १४ पुस । नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने भएको छ । काँग्रेस चितवनको आज सम्पन्न पदाधिकारी बैठकले यही पुस १६ गते महामानव बिपि कोईराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनको उपलक्षमा...
चितवन, १४ पुस । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि...
परासी, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि...












