सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १०:२३ 
  • चितवन, १९ पुस । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

    सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्रालाई साइकल प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका नगरपालिकाका प्रमुख नारायण वन र वडाध्यक्ष भट्टराईले संयुक्त रुपमा विद्यार्थीलाई साइकल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख वनले सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकल दिन सुरु गरिएको हो ।”

    कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशव आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडासदस्य किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडासचिव चन्द्रमणि आचार्य,विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालयस्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडालगायतको उपस्थिति रहेको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.