राष्ट्रिय
काठमाण्डौं । कोभिड– १९ को सङ्क्रमण सोमबार ५३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितसँगै...
नारायणग ढुंगाना काठमाण्डौं । विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ । मुलुकको...
नारायण अधिकारी चितवन, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा...
काठमाडौँ । नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । थप १७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै...
टेकराज पोखरेल (आनन्द) नवलपुर । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन् । जिल्लामा...
प्रकाश सिलवाल काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन...
भरतपुर । फोक्सोमा क्यान्सर भएर उपचार गराईरहनु भएका एक बृद्धले कोरोनालाई परास्त गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले बृद्धि र रोगीहरुलाई बढी प्रभावित पारेको नजिरलाई परास्त गर्दै ७५ वर्षिय बृद्धले कोरोना पराजित गर्नुभएको हो...
टेकराज पोखरेल (आनन्द) नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट...
काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन सुचारु गर्न नयाँ निर्देशिका टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि...
नारायण ढुङ्गाना जलविरे, मुग्लिन (चितवन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका...














