सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप एक हजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९ पुग्यो, २४ घण्टामा १२ को मृत्यु


  •    न्युजभित्तो/१७ भाद्र २०७७, बुधबार १६:५४ 
  • काठमाडौँ । नेपालमा एकहजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ ।

    सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ४९३ रहेका छन् । पछिल्लो २४ घण्टामा एकहजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।

    विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७६६ रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ।

    पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौं र चितवनमा मात्र ३÷३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

    ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बारामा ९७, भक्तपुरमा ४० र धादिङमा ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.