अर्थ / बाणिज्य
काठमाडौँ १८ असार । शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । गत बिहीबार प्रतितोला ६०० रुपैयाँले...
पोखराः मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...
चितवन, १७ असार । लगातारको वर्षाले पूर्वी चितवनको जनजीवन प्रभावित बनेको । बाढीले बस्ती, उद्योग र सयौं विगाहा धान खेत प्रभावित बनेको छ भने पुल भत्काएको छ । कयरखोलाले वगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ...
चितवन, १६ असार । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध पत्रकारहरुको सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा भएको छ । कालिका नगरपालिकाले गत वर्षबाट शुरु गरेको बीमा रकममा प्रिमियम थप गरी सात लाख पु¥याईएको हो । कालिका नगरपालिका र युनाईटेड...
काठमाडौँ, १६ असार । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको...
काठमाडौं, १६ असार । युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ...
काठमाडौँ, १६ असार । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक...
तनहुँ १६ असार । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो...
झापा, १४ असार । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत...
नारायण अधिकारी चितवन १४ असार । फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ । जिल्लाका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ ९प्रजा०...










