समाज

किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न क्षेत्र विस्तार
-न्युजभित्तो

बागलुङ, ५ चैत । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र...

कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखको मृत्यु
-न्युजभित्तो

रुपन्देही, ५ चैत । रुपन्देहीमा कार मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मृत्यु भएको छ । हिजो (आइतबार) भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल गौतमबुद्ध अन्तर्राष्ट्रिय...

सशस्त्र प्रहरीद्वारा अवैध बराबरको कपडा बरामद
-न्युजभित्तो

धनुषा, ४ चैत । धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो । भारतबाट भन्सार छली...

प्रविधि प्रयोग गर्न पाउँदा उखुकिसान उत्साहित
-न्युजभित्तो

स्याङ्जा, ४ चैत । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस...

बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु
-न्युजभित्तो

बाँके, ४ चैत । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण...

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ । गए राति मोरङको पथरी शनिश्चरे–१...

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि...

भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् । यही चैत...

युएई पुगेका १९ नेपाली अलपत्र
-न्युजभित्तो

खोटाङ, २ चैत । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको थियो । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर...

राष्ट्रिय निकुञ्जमा आजदेखि छ गैँडालाई आन्तरिक स्थानान्तरण
-न्युजभित्तो

चितवन, २ चैत । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा स्थानान्तरण...