सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधि प्रयोग गर्न पाउँदा उखुकिसान उत्साहित


  •    न्युजभित्तो/४ चैत्र २०८०, आईतवार १४:५७ 
  • स्याङ्जा, ४ चैत । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् ।

    परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखुखेतीमा आवद्ध छन् ।

    यहाँका किसानले करिब एक सय वर्षदेखि उखुखती गर्दै आएका छन् । खुदो बनाएर आम्दानी लिनु यहाँका किसानको मुख्य पेसा हो । स्थानीय भुवानन्द न्यौपानेले गोरु नारेर उखु पेल्दाश्रम र समयको खर्च हुने भएकाले उखु खेतीतर्फ जागर हराउँदै गएको स्मरण गर्नुभयो । गाउँपालिकाले उखु पेल्ने मेसिन दिएपछि भने आफूहरूमा उत्साह थपिएको बताउनुभयो ।

    “परम्परागत रूपमा उखु पेल्दा दिनैभरी लाग्थ्यो । मेसिनमा भने दिनभरको काम एकै घण्टामै हुने भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले यहाँका किसानलाई उखुखेतीसम्बन्धी तालिमसमेत दिएको छ । यहाँका सबै किसानको मनस्थिति उखुखेती विस्तार गर्दै लैजाने छ ।”

    बाउबाजेको सिको गर्दै उखुखेती गरिरहेका यहाँका किसान प्रविधिको ज्ञानको अभावमा विस्थापित हुने अवस्थामा पुगेका थिए । “खेतीलगाउन त्यति गाह्रो छैन । तर रसबाट खुदो बनाउन अत्यन्त मेहनत लाग्छ । ठूला ठूला मुडा, काठ दाउरा जङ्लबाट ल्याउन, पकाउन निक्कै गाह्रो छ”, न्यौपानेले थप्नुभयो, “खुदो बनाउन श्रम बढी खर्च हुने हुँदा युवाको आकर्षण यो पेसातर्फ त्यत्ति देखिँदैन ।”

    “गुल्मीको थोर्गाबाट बीउ ल्याएर बाउबाजेले यहाँ उखुखेती सुरु गर्नुभएको हो भन्ने सुन्दै आएका छौँ”, उहाँले भन्नुभयो, “एक पाथी खुदो उत्पादन गर्न नौ पाथी रस आवश्यक पर्छ । बजारको कुनै समस्या छैन । रु दुई सयमा एक माना घरबाटै बिक्री हुन्छ ।” न्यौपानेले दुई रोपनी जमिनमा उखु लगाउनुभएको छ । उहाँले सिजनअनुसार धान मकै कोदो उत्पादन तथा बाख्रापाल्नु भएको छ ।

    यहाँका किसानले खुदो बिक्रीबाट वार्षिक एकदेखि पाँच लाखसम्म कमाइगर्दै आएका छन् । भुवानन्दले पनि यसवर्ष पाँच सय माना खुदो उत्पादन गरेको सुनाउनुभयो । खेतीगर्ने आधुनिक प्रविधि, खुदो पकाउने बिजुली मेसिन सरकारबाट पाए आफूहरूले सही सदुपयोग गर्ने उहाँको भनाइ छ ।

    किसान रुकमागत न्यौपानेले पनि चार रोपनी जमिनमा उखु खेतीगर्दै आउनु भएको छ । उहाँले खुदो बिक्रीबाट वार्षिक दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाउनुभयो । रुकमागतले उखु खेतीलाई कहिले काहीँ कीराले सताउने गरेको गुनासो गर्नुभयो । उहाँले पनि धान, गहुँ मकै खेतीसँगै बाख्रापालन गर्नुभएको छ ।

    किसान नन्दलाल न्यौपानेले उखु खेतीबाट राम्रो आम्दानी हुने बताउनुभयो । “म जान्ने हुँदादेखि हाम्रोमा उखुखेती थियो । यसैबाट घरखर्च चलेको थियो”, उहाँले भन्नुभयो, “उखुबाट किसानलाई राम्रो फाइदा हुन्छ ।” उहाँ बाँझो जग्गामा उखु लगाउन सबैलाई सुझाव पनि दिनुहुन्छ । यसवर्ष करिब १५ हजार लिटर खुदो उत्पादन गर्ने लुङ्सिङवासीको लक्ष्य छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.