समाज

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग
-न्युजभित्तो

काठमाडौँ, २५ साउन । निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । आज निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय...

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
-न्युजभित्तो

त्रिवेणी (रुकुम पश्चिम), २५ साउन । जिल्लाका छवटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो । जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी...

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
-न्युजभित्तो

चितवन, २५ साउन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल...

‘सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ’
-न्युजभित्तो

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धितिर जोड्नुपर्ने बताउनुभएको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आज आयोजना गरेको ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया...

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै
-न्युजभित्तो

तानसेन (पाल्पा), २५ साउन । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले...

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २५ साउन । बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान मर्कामा परेका छन् । पर्सा, बारा र रौतहटका दक्षिणीभेगका किसान सिँचाइका लागि गण्डक नहरमा आश्रित छन् ।  मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले...

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी
-न्युजभित्तो

काठमाडौँ, २५ साउन । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक...

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
-न्युजभित्तो

कैलाली, २५ साउन । यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् । यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको...

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद
-न्युजभित्तो

रौतहट, २५ साउन । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा रु पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार...

जनकपुरमा रेल र कार ठोक्किए
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), २५ साउन । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग...