सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ’


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार १६:०७ 
  • काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धितिर जोड्नुपर्ने बताउनुभएको छ । 
    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आज आयोजना गरेको ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सामुदायिक वनबाट समुदायलाई लाभ पुग्नुका साथै मुलुकको समृद्धितर्फ जोड्निुपर्ने धारणा राख्नुभयो । 
    “अब सामुदायिक वनले सिङ्गो वनजङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्दछ”, उहाँले भन्नुभयो, “सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्दछ ।” उहाँले प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्वमा हुनुपर्ने बताउँदै त्यो स्वामित्वबाट जनताले लाभ पाउनुपर्नेमा जोड दिनुभयो । 
    उपमहासचिव ज्ञवालीले सामुदायिक वनमा सरकार र स्थानीय समुदायको स्वामित्वमा सम्झौता नहुने बताउँदै दाउरा र स्याउला बान्नेलाई विस्तारै बिजुली र ग्यासमा बाल्नेतर्फ रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँलेसमुदायिक वनबाटै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै निजी क्षेत्रसँग साझेदारी गरेर सामुदायिक वनको उत्थानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
    सामुदायिक वनबाट कार्बन व्यापार गर्न सकिने धारणा राख्दै उहाँले भन्नुभयो, “दाउरा र घाँसपात पाइन्छ भनेर समुदायले वन जोगाएका हुन् । कार्बन व्यापारले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त हुने पैसा पनि आउँछ भनेर समुदायलाई उत्प्रेरणा दिनसक्नु पर्दछ ।” उहाँले सामुदायिक वनले समुदायको सहभागिता, विश्व वातावरणमा सन्तुलन, नागरिकको जीवनस्तर उकास्ने काम गरेकाले असाधारण योगदान रहेको चर्चा गर्नुभयो । 
    राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले सामुदायिक वनका उपभोक्तालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । “विकसित देशहरू हरेक विषयलाई आर्थिकसँग जोड्ने गरेकाले धनी भएका हुन्”, उहाँले भन्नुभयो, “हिजो स्वयंसेवकका रूपमा समुदायिक वनलाई जोगाउनहरूले अब सशक्त हुँदै आर्थिक रूपमा समृद्ध बन्दै जानुपर्छ ।”
    राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले सामुदायिक वनलाई संरक्षण गरिसकिएकाले आगामी दिनमा फाइदा लिनुपर्ने बताउनुभयो । उहाँले समुदायलाई लाभान्वित हुनेगरी सामुदायिक वनबाट वस्तु उत्पादनतर्फ समुदायलाई जोड्नुपर्नेमा जोड दिनुभयो । 
    सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले समाजवादको प्रवेश बिन्दु सामुदायिक वन भएकाले यसबाट अब उत्पादन हुने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक वनमा गरिबीदेखि धनी सबै पर्ने भन्दै समाजवादको आधार सामुदायिक वनको विकास र विस्तार गर्दै जानुपर्ने बताउनुभयो । उहाँले सामुदायिक वनलाई ‘मर्ज’ गर्ने नीति सरकारले ल्याउन लागिएको भन्दै वनलाई मर्ज गर्न नहुने धारणा राख्नुभयो । 
    प्रगतिशिल वन प्राविधिक सङ्घमा उपाध्यक्ष मञ्जु घिमिरेले सामुदायिक वनलाई काठ, दाउरा, घाँसका रूपमा नभई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । नयाँ शर्मा पौडेलले ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयमा प्रस्तुतीकरण गर्दै सामुदायिक वनलाई आर्थिक समृद्धिसँग जोड्दै गतिशिल बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.