समाज

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो
-न्युजभित्तो

कञ्चनपुर, १९ कात्तिक । शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ । व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन...

बाँकेमा रुकुमेलीले जोगाउँदै ‘सिद्ध साइँकुमारी मेला’
-न्युजभित्तो

राँझा (बाँके), १९ कात्तिक । नेपालगञ्जको कण्ठिपुरमा यतिबेला बेग्लै रौनक छ । रुकुमबाट बसाइँ सरेर आएकाहरुले प्रसिद्ध सिद्ध साइँकुमारी मेलामा जुटेपछि रौनक छाएको हो ।  रुकुमबाट बसाइँसराइ गरी नेपालगञ्ज क्षेत्रमा आएका रुकमेलीहरुले रुकुममा प्रसिद्ध सिद्ध साइँकुमारी मेलाको सम्झनामा यहाँ मेला...

विद्युत् महसुल विवाद समाधानको दिशामा
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।  उद्योगी तथा व्यवसायीले...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १९ कात्तिक । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा...

फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार...

आगलागीका घटनामा बढोत्तरी
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार...

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १९ कात्तिक । सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरु समस्यामा परेका हुन् । किसानले...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, १९ कात्तिक । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली...

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
-न्युजभित्तो

दमौली (तनहुँ), १९ कात्तिक । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको...