सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा रुकुमेलीले जोगाउँदै ‘सिद्ध साइँकुमारी मेला’


  •    न्युजभित्तो/२० कार्तिक २०८२, बुधबार १२:०८ 
  • राँझा (बाँके), १९ कात्तिक । नेपालगञ्जको कण्ठिपुरमा यतिबेला बेग्लै रौनक छ । रुकुमबाट बसाइँ सरेर आएकाहरुले प्रसिद्ध सिद्ध साइँकुमारी मेलामा जुटेपछि रौनक छाएको हो । 
    रुकुमबाट बसाइँसराइ गरी नेपालगञ्ज क्षेत्रमा आएका रुकमेलीहरुले रुकुममा प्रसिद्ध सिद्ध साइँकुमारी मेलाको सम्झनामा यहाँ मेला आयोजना गरेको मन्दिर व्यवस्थापन तदर्थ समितिका अध्यक्ष कलबहादुर वलीले बताउनुभयो ।
    “सिद्ध साइँकुमारी मेला संस्कृतिको संरक्षण गर्दै आपसी एकता र सामाजिक सद्भावको लागि मेला आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “मन्दिरलाई थप व्यवस्थित गर्दै सिद्ध साइँकुमारी मेला परम्परालाई नेपालगञ्जमा स्थापित गर्न हामी लागि परेका छाँै ।”
    नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठिपुरस्थित सिद्ध साइँकुमारी देवी भगवती मन्दिर परिसरमा सुरु भएको यो मेला एउटा धार्मिक पर्व मात्र नभएर रुकुमबाट बसाइ सरेर आएकाहरूको आपसी एकता र सामाजिक सद्भावको कडी भएको वलीको भनाइ छ । 
    सोमबारदेखि सुरु भएको यो मेलामा दिनभर विशेष पूजाआजा हुने गरेको छ भने रातभर रुकुमको लोक संस्कृति झल्किने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ । 
    मेला हेर्नका लागि स्थानीयको बाक्लो उपस्थिति रहने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव शम्भु नाथ बताउनुहुन्छ । यो मेला बुधवार रातिसम्म सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । 
    सिद्ध साइँकुमारी मेलाले आफ्नो मौलिक परम्परालाई जीवन्त राख्दै नयाँ पिँढीलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी हुने गरेको उहाँको भनाइ छ । मेलामा बाँके जिल्लाका अन्य स्थानीय तहबाट सर्वसाधारणको सहभागिता हुने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.