सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड


  •    न्युजभित्तो/२० कार्तिक २०८२, बुधबार १२:०० 
  • ढोरपाटन (बागलुङ), १९ कात्तिक । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
    आश्रमका लागि विभिन्न व्यक्ति र धौलागिरिका पालिकाहरुबाट रकम प्राप्त भएको उहाँको भनाइ छ । महायज्ञबाट रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन निर्माणमा रु पाँच करोड गर्ने र बाँकी रकमको अक्षयकोष स्थापना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । 
    हालसम्म बागलुङ नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिकासहित बागलुङ नगरपालिका–३ गुठीका उज्जवल खड्काले भवनको एक कोठा निर्माणका रु पाँच लाख ११ हजार १११ सहयोग गरेको उहाँको भनाइ छ ।
    उहाँका अनुसार बागलुङ नगरपालिका–३ का स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको परिवारबाट रु पाँच लाख ११ हजार १११, देउरालीचोक आमा समूहबाट रु एक लाख, गलकोट नगरपालिका–३ का लिला साहनीको परिवारले रु ५० हजार, नगरपालिका–३ का रुद्रा केसीबाट रु ५१ हजार १११, रेनुका अधिकारीको परिवारबाट रु ५० हजार ५९८ सहयोग प्राप्त भएको अध्यक्ष अधिकारीले बताउनुभयो । 
    अध्यक्ष अधिकारीले भन्नुभयो, “मानव सेवा आश्रमका लागि महायज्ञ सुरु नहुँदै सहयोग आउने क्रम जारी छ, यसले हामीलाई थप ऊर्जा थपेको छ, हामीहरु निरन्तर लागि रहेका छौँ, धौलागिरिका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका पालिकासँग सहयोग मागेका छौँ ।”
    निर्माणाधीन भवन आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मानव सेवा आश्रम बागलुङकी सञ्चालक विपना तामाङले बताउनुभयो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने उहाँको भनाइ छ । २०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको तामाङले बताउनुभयो । 
    आश्रम निर्माणमा हालसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको उहाँको भनाइ छ । हाल आश्रमको बागलुङ शाखामा मात्रै ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक रु १० लाखभन्दा बढी खर्च हुने गरेको सञ्चालक तामाङले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.