सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा सहुलियतको चामल बिक्री सुरु


  •    न्युजभित्तो/१८ असार २०८३, बिहीबार १२:५७ 
  • सिमकोट (हुम्ला), १८ असार । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ । 

    हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले दुई हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो । 

    कम्पनीका नायब सुब्बा कैलाश ऐडीले भन्नुभयो, “नागरिक घरमा चामल नभएर होइन, सहुलियतको चालम लिनका लागि भीड बढेको हो ।” कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल रु एक हजार ८५०, अरुवा सोना मन्सुली चामल रु एक हजार २५० तथा अरुवा मोटा चामल रु एक हजार १५० मा बिक्री गरेको छ । 

    सहुलियत खाद्यान्न वितरणबाट दुई दिनमा रु ६० लाख बराबरको कारोबार भएको कम्पनीले जनाएको छ । सो अवधिमा कार्यालय ५८८ क्विन्टल चामल बिक्री वितरण गरेको छ । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.