banner news
काठमाडौँ, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४...
गण्डकी, १ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो । नेपाली कांग्रेस...
काठमाडौँ, १ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद्...
काठमाडौँ, १ पुस । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन...
दमौली (तनहुँ), २९ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो । जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका,...
कञ्चनपुर, २९ मङ्सिर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् । नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई...
ढोरपाटन (बागलुङ), २९ मङ्सिर । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १० सडको काम गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र...
म्याग्दी, २९ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै...
काठमाडौँ, २९ मङ्सिर । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...
नेपालगञ्ज, २९ मङ्सिर । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १०००...

















