banner news
काठमाडौँ, ९ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल...
काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन हुनुभएको थियो । नवनिर्वाचित कार्यसमितिको...
बाजुरा, ९ माघ । जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । बिहीबार...
झापा, ८ माघ । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७...
चितवन, ८ माघ । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो । मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा...
काठमाडौँ, ८ माघ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको...
कीर्तिपुर (काठमाडौँ), ८ माघ । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी...
टीकापुर, ८ माघ । कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको...
धादिङ, ८ माघ । जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न आठ पालिकामा पायक पर्ने स्थानमा एकीकृत परिवार व्यवस्थापन शिविर (परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर) सञ्चालन गर्ने भएको छ । स्थानीय पालिकाहरुको समन्वय, सहकार्यमा सुनौलो परिवार नेपाल र मेरी स्टोप्स (एमएसआई)को प्राविधिक...
वीरगञ्ज (पर्सा), ८ माघ । पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहनुभएकी उहाँ...

















