banner news

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
-न्युजभित्तो

नवलपरासी (बर्दघाट सुस्तापूर्व), २० माघ । को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ...

निर्वाचन सुरक्षास्चार जिल्ला संवेदनशील
-न्युजभित्तो

सुदूरपश्चिम, १९ माघ । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ ।  प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा...

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
-न्युजभित्तो

झापा, २० माघ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् । भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका...

सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, २० माघ । चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ ।  उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक...

एक सय ३७ गोही प्रकृतिमा छाडियो
-न्युजभित्तो

चितवन, २० माघ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । ती गोही राप्ती नदीमा छाडिएको...

मतदाता भन्छन्, ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए
-न्युजभित्तो

तनहुँ, २० माघ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।  उक्त अवधिमा रु ४६...

जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील
-न्युजभित्तो

जुम्ला, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

खोला किनारमा चितुवा मृत फेला
-न्युजभित्तो

बागमती, २० माघ । मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा
-न्युजभित्तो

महोत्तरी, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन् । जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका...