banner news

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रजाति र सङ्ख्या...

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २२ माघ । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र...

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने
-न्युजभित्तो

लुम्बिनी २२, माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास...

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
-न्युजभित्तो

किमाथाङ्का (सङ्खुवासभा), २२ माघ । सङ्खुवासभाको मकालु गाउँपालिक-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

प्रेस चौतारी नेपालद्वारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ ।     चौतारीका महासचिव हिरामान लामाले जारी गर्नुभएको शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण,...

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
-न्युजभित्तो

जानकी (बाँके), २२ माघ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिनुभएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित...

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य...

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
-न्युजभित्तो

भोजपुर, २२ माघ । यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।  पुस्तौँदेखि निरन्तर चल्दै...

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
-न्युजभित्तो

पर्वत, २२ माघ । जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई...

सुदूरपश्चिम: सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित
-न्युजभित्तो

कञ्चनपुर, २२ माघ । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी...