banner news
काठमाडौँ, १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म...
काठमाडौँ, १२ साउन । राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था...
चितवन,१२ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या १७ हजार ४४७ पुगेको छ । उता पछिल्लो २४ घण्टामा १९५ जना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १५८ तथा...
काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान...
चितवन,१२ साउन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत...
काठमाडौं,१२ साउन । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २...
काठमाडौँ, १२ साउन । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा...
एजेन्सी १२ साउन । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक दुर्घटना भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो। आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि...
चितवन, १२ साउन । चितवनको माडीमा एक बालिका लाई बलात्कार गरि फरार रहेका युवा लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. १ कि ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो बलात्कार गरी फरार भएका भारत आसाम घर भै...
नारायणगढ, १२ साउन । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी...

















