सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप १९५ मा संक्रमण पुष्टि ,१४२ ले जिते कोरोना


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार १५:५० 
  • चितवन,१२ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या १७ हजार ४४७ पुगेको छ ।

    उता पछिल्लो २४ घण्टामा १९५ जना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १५८ तथा एन्टिजेनबाट ३७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये भरतपुरका मात्रै १३८ जना छन् । यस्तै खैरहनीका ३, माडीका १९, रत्ननगरका १०, राप्तीका २ र कालिकाका २३ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १९ हजार ७२४ पुगेको छ ।

    कुल संक्रमित मध्ये १ हजार ९५६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ८३८ जना होम आइसोलेसनमा छन् भने ११० जना अस्पताल तथा ८ जना संस्थागत आइसोलेसनमा छन् ।

    कोरोनाबाट अहिलेसम्म ३२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुने संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.