राष्ट्रिय

सरकारले कोभिड अति प्रभावितलाई १० हजार रुपैँयाका दरले उपलब्ध गराउने
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । सरकारले कोभिड अति प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैँयाका दरले उपलब्ध गराउने भएको छ। करीव ५ लाख विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद उपलव्ध गराउने प्रक्रिया अघि बढाएको भन्दै अर्थ मन्त्रालयले सूचना जारी...

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल
-न्युजभित्तो

चितवन, २५ कात्तिक ।नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बँुदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताउनुभयो । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा...

उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ...

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम...

सर्वोच्च अदालमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ ।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
-न्युजभित्तो

काठमाडौं,२५ कात्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले ६ दिने देशव्यापी आन्दोलनको घोषणा गरेको छ । जस अन्तर्गत ३० गते नेपाल...

बागमती प्रदेश मन्त्रिमण्डल विस्तार हुँदै, दुई मन्त्री थप हुने
-न्युजभित्तो

राममणि दाहाल हेटौँडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई...

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’: मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, २५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि...

सुनको मूल्य एक हजार ३०० ले बढ्यो
-न्युजभित्तो

काठमाडौं,२५ कात्तिक । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार...

प्रदेश २ मा आज सार्वजनिक बिदा
-न्युजभित्तो

धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा...