सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले १० औँ महाधिवेशन : नारायणी किनारमा उद्घाटन , सौराहामा बन्द सत्र गर्ने गरि तयारी


  •    न्युजभित्तो/२९ कार्तिक २०७८, सोमबार १२:०५ 
  • चितवन, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन चितवनमा हुने भएपछि तयारी सुरु गरिएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र गर्ने गरि तयारी गरेको हो।

    महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको होटेल सेभेन स्टारमा गर्ने गरी तयारी भएको नेकपा एमाले बाग्मति प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिनुभयो। उहाँले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको र सर्वसाधारणलाई सहज हुने गरी विभिन्न सहरहरुमा डिस्प्ले बोर्ड समेत लगाउने तयारी भएको बताउनुभएको छ।

    चितवन राजनितिक गतिविधिले सक्रिय र चर्चामा रहेकोले महाअधिवेशन चितवनमा गर्न लागिएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताए। महाअधिबेशनको लागी छनौट भएका ४ हजार भन्दा बढी प्रतिनिधिको बन्द सत्रमा सहभागी हुने बताउदै उनले राष्ट्रिय महाअधिवेशनको तयारी तिब्र गतिमा अगाडि बढाइएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.