राष्ट्रिय
भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर बुद्धमय बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै नगरलाई बुद्धभूमिमा प्रवेश गरेको अनुभुति दिलाउन खोजेको हो । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको डिभाइडरमा नगरपालिकाले...
काठमाडौं ७ पुस । न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्न लागेको न्याय सेवा आयोगको बैठक लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको स्रोतले बतायो । स्रोतका...
काठमाडौं,७ पुस । चोरी भएको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले काठमाडौंको लामबगरबाट चोरी भएको प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो...
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधिसभा बैठक १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले...
काठमाडौं, ७ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशद्रोही भएको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । नेपाल र...
काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो । चिनियाँ...
जनकपुर, ७ पुस । धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश...
चितवन, ७ पुस । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ । खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ...
नवलपुर, ७ पुस ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन...
राँझा, ७ पुस । बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मत सम्भार कार्य भइरहेको छ । बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि...













