सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलर ऋण सहायता लिँदै


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १६:४४ 
  • काठमाडौँ, १३ पुुस । एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो ।

     

    गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ ।
    सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एस डि सी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा बन्ने बताएको छ ।

    सिफेमबाट प्राप्त यस कर्जाको लागि एस डि सी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई अझ विविधिकरण गर्न सहयोग पुग्ने बैंकले बताएको छ ।
    विशेषतः अहिलेको चरम तरलता संकटकाबीच सिफेमबाट प्राप्त ऋण बहुउपयोगि हुने र प्राप्त कर्जा रकम लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
    यसका साथै, वित्तिय पहँुच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन समेत बैंकले विशेष भूमिका खेल्ने बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.