सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहा आउने पर्यटकलाई झाँकीसहित स्वागत गर्दै सौरेली व्यवसायी


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १६:३७ 
  • चितवन, १३ पुस । सौराहाका पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्ने भएका छन् ।

    रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाले नयाँ वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य अनुरुप स्वागत कार्यक्रम राखेका हुन् । सौराहा प्रवेश गरेपछि उनीहरुका लागी पर्यटनसंग सम्बन्धित ब्यवसायी स्वागतका लागी पुग्नेछन् । व्यवसायीले विभिन्न सांस्कृतिक झाँकीसहित बाजा गाजाले स्वागत गर्नेछन् । कोभिडका कारण थलिएको पर्यटन उकास्न पर्यटक लक्षित गरेर कार्यक्रम तयार परिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।

    नयाँ वर्षको अघिल्लो साँझ रेवानले सौराहाको सिसुवारस्थित घण्टाघरमा स्वागतद्धार राख्नेछ । स्वागतद्धारमा रहेका दुई जना महिलाले सौराहा प्रवेश गर्र्ने सबै पर्यटकलाई नमस्कार गर्दै स्वागत गर्नेछन् । त्यसपछि सपना भिलेज चोकबाट पंञ्चे बाजासहित विभिन्न जातजातिको झाकीसहित स्वागत गरिने रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्टले बताए । नेवार संस्कृतिको लाखे नाच, थारु संस्कृतिको महिलाहरुको लाठी नाच, तामाङ सेलो, मगर जातीको संस्कृति सहितपर्यटकलाई सौराहा लगिने योजना बनाइएको छ ।

    नयाँ वर्षमा सौराहाका विभिन्न होटल तथा रेष्टुराँमा बेग्लाबेग्लै कार्यक्रम हुने गर्दछ । संस्थागतरुपले क्षेत्रीय रेवान सौराहाले स्वागत गर्न लागेको हो । नयाँ वर्षले पर्यटक आवागमन बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन् । सौराहाको पर्यटन अंग्रेजी नयाँ वर्ष २०२२ ले चलायमान बनाउने रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले बताए ।

    नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा पर्यटक रमाउँछन् । सौराहाका रेस्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन पाउने छन् । सौराहामा पारिवारिक रमाइला, वन्यजन्तु अवलोकन, डुङ्गा सयर, हात्ती तथा जीप सफारी गर्न पाइन्छ । सौराहा वन्यजन्तु पर्यटनको लागी नेपालकै उत्कृष्ट गन्ब्य हो । क्षेत्रीय होटल संघका उपाध्यक्ष अञ्जन कुमार पाण्डेले सौराहाको पर्यटन विश्वमै चर्चित रहेकाले विदेशी पर्यटक आउनेमा आशाबादी रहेको बताए । उनले पर्यटक स्वागतको लागी सौराहा आतुर रहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.