राष्ट्रिय

शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग शिक्षामन्त्री पौडेलको आग्रह
-न्युजभित्तो

काठमाडौं,११ बैशाख –  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो ।‘यो पटक अर्थमन्त्रालयले...

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी
-न्युजभित्तो

काठमाडौं,११ बैशाख – माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् । सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको...

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन
-न्युजभित्तो

काठमाडौं,११ बैशाख – कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले समयतालिका परिवर्तन गरेको हो । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११...

एमाले चितवनले टुंगो लगायो सात पालिकाका प्रमुख र उपप्रमुख
-न्युजभित्तो

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा...

स्थानीय तहमा उम्मेदवारी दिन यी कागजात चाहिन्छ, शुल्क कति लाग्छ ? (विवरणसहित)
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी...

कांग्रेसका तर्फबाट भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठको नाम सहमति निकट
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । शुक्रबार मध्यरातसम्म बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले महानगर र उपमहानगर उम्मेदवारको टुंगो लगाईसकेको छैन । तर बैठकमा धेरै जसो पालिकाका उम्मेदवार बारे छलफल भएको छ । बैठकमा नेताहरूले आआफ्नो पक्षका सिफारिस नाममा अडान लिएका...

जसले आफ्नै बुबाविरुद्ध उम्मेदवारी दिए …..
-न्युजभित्तो

चितवन, १० वैशाख । एकातिर पञ्चायतको रापताप थियो । अर्कोतिर देशमा बहुदल ल्याउनका लागि राजनैतिक दलहरु विरोधी कार्यक्रमहरु गरिरहेका थिए । घरमा पञ्चायत व्यवस्थाको पक्षधर बुबा थिए । तर आफू उक्त व्यवस्थाका खुंखार विरोधी भए, अनि पञ्चायतको विरोधमा उत्रिए...

शालिन नेताका अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना
-न्युजभित्तो

चितवन, ९ वैशाख । नेकपा (एमाले) का तर्फबाट भरतपुरको मेयर (प्रमुख) पदका शालिन नेता विजय सुवेदीले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना ल्याउनु भएको छ । आज शुक्रबार भरतपुरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने योजना...

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार
-न्युजभित्तो

काठमाडौं,९ बैशाख– सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रुपमा आयो सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ,८ बैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल...