सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापाको चिया बगानमा तीन किशोरीले सामुहिक आत्महत्या गरेको पुष्टि


  •    न्युजभित्तो/१० श्रावण २०७९, मंगलवार १६:५३ 
  • झापा,१० श्रावण। झापाको चिया बगानस्थित रुखमा झुन्डिएको अवस्थामा मृत फेलापरेका तीन किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय झापा स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टले आत्महत्या पुष्टि गरेको हो ।

    यद्यपि के कारणले सामुहिक आत्महत्या गरे भन्ने कारण केही नखुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    गत आइतबार झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएरको अवस्थामा मृत फेला परेका थिए ।

    ती ३ जना स्थानीय किशोरीमध्ये दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका थिए । स्थानीयका अनुसार तीनैजना उनीहरू शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.