सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटको अघिल्लो दिनको सिसिटिभी फुटेज रिकभर


  •    न्युजभित्तो/१० श्रावण २०७९, मंगलवार १५:३५ 
  • काठमाडौं, साउन १०। अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरेको सिसिटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको छ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएरनभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो।

    सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो। त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो।

    ‘भिडिओ रिकभर भएको विवरण समितिलाई प्राप्त भएको छ। भिडिओ भने हेर्न पाएका छैनौं। आजै विज्ञहरूको उपस्थितिमा भिडिओ हेरिनेछ,’ समितिका सदस्य सांसद सीताराम महतोले भने।

    प्रयोगशालाले असार १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ। त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्।

    उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए।

    समितिका सचिव सुरेन्द्र अर्यालले पनि प्राविधिक विषयमा प्रस्ट हुनका निम्ति समितिले विज्ञहरूलाई बोलाएको बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.