अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा
-न्युजभित्तो

सउल, २४ पुस । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो...

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसको पुष्टि
-न्युजभित्तो

वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो । बाइडेनले...

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने को सङ्ख्या एक करोडभन्दा बढी
-न्युजभित्तो

नयाँदिल्ली, २३ पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ९५...

बैठक चलिरहेको बेला, राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुद्वारा प्रदर्शन
-न्युजभित्तो

वासिङटन, २३ पुस । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो...

कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु
-न्युजभित्तो

कृन्दुज, २३ पुस । अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । बुधबार मध्यराति भएको यस झडपको क्रममा छ सैनिक र आठ आतङ्ककारी मारिएका सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको...

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजार ११४ को मृत्यु
-न्युजभित्तो

नयाँदिल्ली, २२ पुस ।  भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन्...

इन्डोननेसियाले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने
-न्युजभित्तो

काठमाडौं २२ पुस । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न...

भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने
-न्युजभित्तो

काठमाडौं, पुस २० । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि...

चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोगको अनुमति दियो
-न्युजभित्तो

बेइजिङ, १८ पुस । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको...

सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने
-न्युजभित्तो

काठमाडौं, १८ पुस । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् । अष्ट्रेलियामा जारि बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धकाे खेलमार्फत सन्दीपले हाेबार्टकाे लागि पहिलाे खेल खेल्दैछन् । पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध...