सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोरसोरमा गोविन्देको त्रास


  •    न्युजभित्तो/२ भाद्र २०८३, मंगलवार १७:३७ 
  • चितवन, २ भदौ । सौराहाको खोरसोरमा ‘गोविन्दे’ ले त्रास फैलाएको छ । गोविन्दे मत्ता हाती हो । ढोइको खोजीमा खोरसोर छिरेकाले गोविन्देले त्रास फैलाएको हो । सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा दुई सातादेखि जङ्गली हात्ती ढोइ डुलिरहेको हात्तीसारका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो ।

    भाले तथा वयस्क हात्तीलाई मत्ता र पोथी हात्तीलाई ढोइ भनिन्छ । हात्ती चराउन जङ्गल लगेपछि गोविन्दे अरु हात्तीसँग जाने र जङ्गलबाट फर्किएपछि प्रजननका लागि पोथी हात्ती कुरेर बस्ने गरेको त्यहाँका माउतेहरुले राससलाई बताउनुभयो ।

    गोविन्देका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिँडडूल गर्नसमेत अवरोध भएको उहाँहरुले जानकारी दिनुभयो । हालसम्म गोविन्देले आठ जना मान्छेको ज्यान लिइसकेको छ । गोविन्देले यसअघि दुधौरा पोष्टमा कार्यरत नेपाली सेनालाई आक्रमण गरेको थियो । मात लागेको हात्ती सधैँ ढोइ कुरेर बस्छ । खोरसोरमा नौ वटा माउ र सात वटा छावा रहेका छन् । यहाँ जङ्गली हात्ती पालैपालो आउने गरेका छन् ।
    यसअघि रोनाल्डो सुनाचुरी तिर, ध्रुर्वे सुखिभार तिर र अहिले देखिएको गोविन्दे खोरसोरमा छ । यसअघि मकुना हात्ती मरेपछि अरु हात्ती पालैपालो आउने गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार ध्रुर्वेले २५ जना र रोनाल्डोले २२ जनाको ज्यान लिइ सकेको छ । खोरसोरका हात्तीलाई जङ्गली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.