सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसको पुष्टि


  •    न्युजभित्तो/२३ पुष २०७७, बिहीबार १६:५० 
  • वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो ।

    बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदका अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ । केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए ।

    बुधबार बिहान ट्रम्प समर्थकहरुद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ । बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केहीबेर सदनको सत्र रोकिएको थियो ।

    अब बाइडेन र ह्यारिसले जनवरी २० अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रुपमा शपथ लिनेछन् ।

    बुधबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् । हिंसात्मक प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ ।

    सत्ता हस्तान्तरण गर्ने ट्रम्पको घोषणा

    आफ्नो उक्साहटमा अमेरिकी राजधानीमा हिंसा भड्किइसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गर्दै आफू ‘विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार’ रहेको बताएका छन् । नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि हुँदा हुँदै पनि आफू जनवरी २० मा विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको ट्रम्पले बताएका छन् । ‘चुनावी नतिजाका बारेमा असहमत भए पनि जनवरी २० मा विधिपूर्वक रुपमा सत्ता हस्तान्तरण हुनेछ ।’

    उनले अगाडि भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु हामीले वैध भोट मात्रै गणना होस् भनेर लडिरहनेछौं । यसले अहिले अमेरिकी राष्ट्रपतिको इतिहासमा महान पहिलो कार्यकालको अन्त्यका रुपमा प्रतिनिधित्व गर्छ । हाम्रो अभियान मेक अमेरिका ग्रेट अगेनको यो सुरुवात मात्रै हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.