सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भण्डारण गर्ने सुविधा पाएपछि मुस्ताङका स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो


  •    न्युजभित्तो/२८ आश्विन २०८०, आईतवार ११:२७ 
  • म्याग्दी, २८ असोज । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताउनुभयो ।
    “पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “यस याममा प्रतिकिलो रु ९० देखि रु एक सयपर्ने स्याउ  चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ ।”
    चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०÷१० मेट्रिकटन क्षमताको चिस्यानगृह बनाउनुभएको थियो ।
    रु १४ लाख लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले रु ११ लाख अनुदान दिएको थियो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, कृषक विश्व लालचनले भन्नुभयो, “चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ ।”
    चिस्यानगृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे । यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।
    स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन मुस्ताङमा पाँच  चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताउनुभयो ।
    “वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङमा प्रभावकारी भएकाले  चिस्यानगृहको माग बढी छ ।”
    गत आर्थिक वर्ष २०७९र८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०र१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।
    मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ ।
    गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिकटन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको थियो ।
    बगैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउखेती भएको छ । मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ ।
    स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचा रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा नै व्यापारीलाई ठेक्का दिएका थिए ।
    यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्नसक्ने अनुुमान गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताउनुुभयो । “फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख, जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.