सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै


  •    न्युजभित्तो/२६ आश्विन २०८०, शुक्रबार १६:३२ 
  • उयदपुर, २६ असोज । उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।

    कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाइएको विद्यार्थी राजु ठाकुरले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको हो ।

    विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताउनुभयो । “बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर व्यावसायिक फूलखेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “विद्यार्थीहरू व्यावसायिकरूपमा नै फूलखेतीमा लागेका हुन् ।”

    प्रधानाध्यापक कार्कीका अनुसार यसपटक कटारी र गाईघाट गरी दुई स्थानमा भइरहेको फूलखेतीमा विद्यालयले रू तीन लाख लगानी गरेको छ । विद्यार्थीले व्यावसायिक फूलखेती गरेको यो तेस्रो वर्ष हो । “गत वर्ष भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन्”, उहाँले भन्नुभयो, “बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो ।”

    “गत वर्ष कटारीको फूल अभाव विद्यार्थीबाटै अन्त्य भयो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले भन्नुभयो, “यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममा फूल उत्पादन भइरहेको छ ।” सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले फूलखेतीका साथै व्यावसायिक च्याउखेती पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    यसअघि जिल्लामा सयपत्री अभावका कारण तिहारमा कागज, प्लाष्टिकको माला लगाउनुपर्ने बाध्यता भएपछि विद्यार्थीले फूलखेती सुरु गरेको विद्यार्थी विनोद कार्कीले बताउनुभयो । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै रू एक लाख हाराहारीमा नाफा कमाएका उहाँको बताउनुभयो । उहाँका अनुसार यस वर्ष खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने अनुमान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.