राजनीति
मार्तडी, २८ पुस । नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले...
काठमाडौं, २७ पुस । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको...
काठमाडौं,२७ पुस । नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ। यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। कोरोना संक्रमण बढिरहेको र सरकारले २५ जनाभन्दा बढी...
काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र...
कर्णाली,२७ पुस । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान...
काठमाडौँ,२७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् । ...
काठमाडौं,२७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै...
काठमाडौं,२६ पुस । अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि...
काठमाडौं,२६ पुस । प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको बताएका छन् । संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले फागुनमा स्थानीय तह...
काठमाडौं२६ पुस । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने...









