सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने


  •    न्युजभित्तो/१७ भाद्र २०८३, बुधबार १७:१५ 
  • चितवन, १७ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले बाढी तथा विपद्को परिस्थितिका कारण प्रभावित भएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा नयाँ मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले सूचना जारी गर्दै बी.एस्सी.एजी, बी.भी.एस्सी. एण्ड एएच, बी.एस्सी. फिसरिज तथा बी.एस्सी. फरेष्ट्री कार्यक्रमको प्रवेश परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार यसअघि २०८३ भदौ १७ गते राती १२ बजेसम्म अनलाईन फाराम भर्ने समय तोकिएको र भदौ २० गते प्रवेश परीक्षण गर्ने तयारी गरिएकोमा देशको विषम परिस्थितिका कारण समय थप गरी भदौ ३१ गते बेलुका ५ बजेसम्म अनलाईन विधिबाट फाराम भर्न सकिने गरी सारिएको छ ।

    संशोधित तालिकाअनुसार प्रवेश परीक्षा २०८३ असोज ३ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ। परीक्षा रामपुर चितवन, हेटौँडा मकवानपुर, काठमाडौँ, जनकपुर धनुषा, इटहरी सुनसरी र नेपालगञ्ज बाँकेस्थित परीक्षा केन्द्रहरूमा सञ्चालन गरिने उपकुलपति प्रा.डा. कट्टेलले बताउनुभयो ।

    यसअघि प्रवेश परीक्षाका लागि आवेदन दिइसकेका विद्यार्थीमध्ये आफ्नो छनोट गरेको परीक्षा केन्द्र परिवर्तन गर्न चाहेमा गर्न सक्ने छन् । त्यस्ता विद्यार्थीले विश्वविद्यालयको अनलाइन एप्लिकेसन पोर्टलमार्फत २०८३ भदौ ३१ गते बेलुकी ५ बजेसम्म आफ्नो परीक्षा केन्द्र सच्याउन वा परिवर्तन गर्न सक्ने उपकुलपति प्रा.डा. कट्टेलले बताउनुभयो ।

    विश्वविद्यालयले अनलाइन आवेदनसम्बन्धी प्रक्रिया पनि भदौ ३१ गते बेलुकी ५ बजेसम्म पूरा गर्नुपर्ने जनाएको छ। प्रवेश परीक्षाको प्रवेशपत्र भने २०८३ असोज २ गते शुक्रबार बिहान ७ बजेदेखि अनलाइन एप्लिकेसन पोर्टलको ‘एडमिट कार्ड मेनु’बाट डाउनलोड गर्न सकिनेछ।

    परीक्षार्थीले डाउनलोड गरेको प्रवेशपत्र रङ्गीन प्रिन्ट गरेर परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने विश्वविद्यालयले स्पष्ट पारेको छ। एकीकृत प्रवेश परीक्षाको नतिजा पनि परीक्षा सम्पन्न भएकै दिन अर्थात् २०८३ असोज ३ गते शनिबार विश्वविद्यालयको वेबसाइटमार्फत प्रकाशन गर्ने तयारी गरिएको छ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहअन्तर्गत कृषि, पशु चिकित्सा तथा पशु विज्ञान, मत्स्य विज्ञान र वन विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो प्रवेश परीक्षा महत्वपूर्ण मानिन्छ। विश्वविद्यालयले परीक्षासम्बन्धी थप तथा अद्यावधिक जानकारी आधिकारिक वेबसाइट र अनलाइन पोर्टलमार्फत हेर्न आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.