सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग


  •    न्युजभित्तो/१६ भाद्र २०८३, मंगलवार ११:०४ 
  • दुम्किबास, १६ भदौ । विनयी त्रिवेणी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३२ लख ३० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीका तर्फबाट एकमुष्ट सहयोग गर्न लागेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतद्वारा आज जारी विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लालगायत त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका भौतिक पूर्वाधारमा अत्यधिक क्षति पुग्नुका साथै व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

    उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति गाउँपालिकाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढीका कारण घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र पुनःस्थापनाको कामना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ “विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ऐक्यबद्धता प्रकट गर्दै राहत सहयोगस्वरूप विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट एकमुष्ट रु. ३२ लाख ३० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं ।”

    गाउँपालिकाले विपद् व्यवस्थापन तथा प्रभावित व्यक्ति र नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाको कार्यमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षा निकाय, स्वयंसेवक, सहयोगी संघसंस्था तथा आम नागरिकप्रति सम्मान व्यक्त गरेको छ ।
    साथै, विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न सम्पूर्ण निकाय तथा आम नागरिकलाई विनयी त्रिवेणी गाउँपालिकाले हार्दिक अपिल गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.