सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग


  •    न्युजभित्तो/१५ भाद्र २०८३, सोमबार १९:०७ 
  • भरतपुर, १५ भदौ । बाढी–पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले ब्रान्डेड अटोमोबाइल्स प्रा. लि. भरतपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुग्ने विश्वासका साथ उक्त रकम सहयोग गरेको जनाएको हो।

    चितवन र नवलपुर जिल्लाका लागि लागि एसएमएल इसुजु, डोङफेङ, कामा तथा फोर्थिङ फ्राइडे (SML Isuzu, Dongfeng, Kama तथा Forthing Friday) सवारीसाधनका आधिकारिक विक्रेताका रूपमा सेवा प्रदान गर्दै आएको ब्रान्डेड अटोमोबाइल्स प्रा.लि भरतपुर महानगरपालिका–९ मा रहेको छ।

    प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइएको कम्पनीका अध्यक्ष इन्द्र प्रसाद रेग्मीले बताउनुभयो ।

    हालैको बाढी तथा पहिरोबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन, नवलपुरलगायतका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै कम्पनीले प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कम्पनीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

    बाढी–पहिरोका कारण घरबार गुमाएका तथा प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउन राज्यसँगै निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणको समेत महत्वपूर्ण भूमिका रहने अध्यक्ष रेग्मीको भनाइ छ।

    विपद्को अवस्थामा पीडित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत संकलित रकम प्रयोग हुने भएकाले आफूहरूले उक्त कोषमा सहयोग गरेको उहाँले बताउनुभयो । ब्रान्डेड अटोमोबाइल्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद् तथा अन्य कठिन परिस्थितिमा समुदाय र नागरिकको सहयोगका लागि आफ्नो भूमिका निर्वाह गर्दै जाने अध्यक्ष रेग्मी प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.