सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा


  •    न्युजभित्तो/१७ भाद्र २०८३, बुधबार १६:५८ 
  • चितवन, १७ भदौ । कर्मचारी मिलन केन्द्र चितवनले बाढी पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कोषको खातामा रु ५१ हजार १११ जम्मा गरिएको हो ।

    संस्थाका अध्यक्ष पुण्यबिक्रम खड्काले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेका नागरिकहरुलाई सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । सरकारी कर्मचारीहरुले आफ्नो तलबबाट राहत कोषमा रकम जम्मा गर्ने गरी निर्णय भईसकेको छ । यसका अतिरिक्त संस्थाको तर्फबाट पनि सहयोग गरिएको उहाँले बताउनुभयो ।

    जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीहरु केन्द्रका सदस्य हुने गर्दछन् । यसको संरक्षक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । यस केन्द्रले सरकारी कर्मचारीहरुको स्वागत, बिदाई लगायतका कर्मचारीसँग सम्बन्धित गतिबिधिहरु गर्ने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.