सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘खराब’ एनिमेसनले चीनमा तहल्का


  •    न्युजभित्तो/५ भाद्र २०८३, शुक्रबार १४:५३ 
  • बेइजिङ, ५ भदौ । कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ । फिल्म कति ‘खराब’ छ भनेर हेर्न दर्शक सिनेमाघर पुग्न थालेपछि यसको व्यापार बढेको हो ।

    टिकट प्लेटफर्म माओयानका अनुसार अगस्ट ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो साता करिब सात हजार युआन कमाएको थियो । तर सामाजिक सञ्जालमा चर्चा बढेपछि यसको कुल कमाइ तीन करोड ३० लाख ६० हजार युआन अर्थात् करिब ४९ लाख २० हजार अमेरिकी डलर पुगेको छ ।

    आमा–छोराले निर्माण गरेको फिल्म बाछो ‘नियु लाइ’ को यात्रामा आधारित छ । यसलाई बनाउन पाँच वर्ष लागेको र दुवैले मौलिक सङ्गीतसमेत तयार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    चीनमा कार्यरत अमेरिकी सङ्गीतकार केलान मोरियार्टीले फिल्मलाई ‘यति खराब कि त्यति नै राम्रो’ भन्नुभयो । उहाँका अनुसार फिल्म पूर्ण नभए पनि त्यसमा मानवीय भावना र मेहनत देखिन्छ । “एआईले यस्तो फिल्म केही सेकेन्डमै बनाउन सक्थ्यो, तर उनीहरूले एआई प्रयोग नगरी समय लगाएका छन्”, उहाँले भन्नुभयो ।

    कठोर देखिने थ्रीडी पात्र र अस्वाभाविक संवाद रहेको फिल्मले बाछो र उसकी आमाबीचको सम्बन्ध देखाउँछ । यसको अपरिष्कृत शैली सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शकले कमजोरीलाई नै मनोरञ्जनको हिस्सा बनाउन थालेका छन् ।

    बेइजिङकी विद्यार्थी स्टेला जिङले सामाजिक सञ्जालमा देखिएका मीमपछि आफू फिल्म हेर्न पुगेको बताउनुभयो । उहाँका अनुसार प्रस्तुति केही असहज भए पनि बाछोको हिँडाइ जस्ता विवरण रमाइला छन् ।

    फिल्म चर्चित भएपछि ताओबाओलगायत अनलाइन बजारमा पहेँलो गाईका टी–सर्ट, मूर्ति र अन्य सामग्री बिक्री हुन थालेका छन् । बेइजिङका सिनेमाघरमा पनि फिल्मका हातले बनाइएका ब्यानर देखिन थालेका छन् ।

    अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर पान वाङले फिल्मको खस्रोपन र अपूर्णता नै यसको आकर्षण बनेको बताउनुभयो । चीनमा एनिमेसनको लोकप्रियता बढिरहेको बेला गत वर्ष ‘ने झा २’ ले ‘इनसाइड आउट २’ लाई उछिन्दै सर्वाधिक कमाउने एनिमेटेड फिल्मको कीर्तिमान बनाएको थियो । ‘नियु लाइ’ को सफलता भने उच्च बजेटभन्दा मानवीय मेहनत र सामाजिक सञ्जालको प्रभावले पनि दर्शक तान्न सक्ने उदाहरण बनेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.