सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपा महाधिवेशन: बन्दसत्र सुरु


  •    न्युजभित्तो/९ असार २०८३, मंगलवार १७:२१ 
  • चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबार बिहान ८ः३० बजेबाट सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले आज दिउँसो ३ः३० बजेदेखि सुरु भएको हो ।

    महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्दसत्र सुरु हुँदैछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । त्यसपछि अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्नुहुने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिपछि छलफल हुनेछ ।

    त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुहुने सङ्गठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका रहेको छ । बन्दसत्रअन्तर्गत पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सहमहामन्त्री आचार्यको प्रस्ताव अनुमोदन भएपछि उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    यसैगरी, पार्टी सभापति लामिछानेले बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ । यसैबीच पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको घोषणा गर्नुहुँदै आयोजक समितिको जिम्मेवारी पार्टीसम्बद्ध निर्वाचन आयोगलाई प्रत्यायोजन गरेको जानकारी गराउनुहुने छ ।

    महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन प्रक्रिया अघि बढ्ने क्रममा अयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी गराई तालिका प्रकाशन गर्ने कार्यक्रम रहेकोे छ ।

    आइतबार दिउँसो भरतपुरस्थित ‘गेस्टहाउस’ चौरमा उद्घाटन भएको रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सुरु भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.