सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन


  •    न्युजभित्तो/८ असार २०८३, सोमबार १५:४३ 
  • चितवन, ८ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । 

    आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा  सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले  निर्देशन दिनुभएको हो । 

    उहाँले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो । 

    दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ । हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईंहरुले सोहीअनुसार काम गर्नुपर्छ ।”

    उहाँले भन्नुभयो, “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईंको सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ । सोहीअनुसार सेवाग्राही खुसी हुने गरी कार्यसम्पादन गर्नुहोला ।” 

    नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्ने विषयमा चासो दिँदै उहाँले भवनलगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रुपमा छलफल गर्नुभयो ।  नेपाल टेलिकमको पुनःसरचना, कर्मचारीको वृत्तिविकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरुले सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभएको थियो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.