सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने


  •    न्युजभित्तो/८ असार २०८३, सोमबार १४:३४ 
  • काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

    अहिल उहाँको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उहाँ दम रोगबाट पीडित हुनुहुन्थ्यो ।

    विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मनुभएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित हुनुभएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसक्नुभएको थियो । कांग्रेस राजनीतिमा उहाँ सादगी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

    उहाँका तीन छोरा र छोरी हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.