सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १५:४३ 
  • काठमाडौँ, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिहनुभएको समयमा प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिनुभएको विषयमा जवाफ माग गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिनुभएको थियो ।

    प्रमुख सचेतक थापाले भन्नुभयो, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”

    साथै उहाँले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.