सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक: आगामी आवको नीति तथा कार्यक्रममा छलफल


  •    न्युजभित्तो/२३ बैशाख २०८३, बुधबार १२:०४ 
  • कर्णाली, २३ वैशाख । कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व र आगामी आथिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाउने, बेरुजु फर्छयोटसम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानुनको प्रदेश अभिलेखीकरण गर्ने र कानुन निर्माणका विषयमा छलफल गरी आवश्यक निर्णय गरिने छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाह, परिषद् सदस्य, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख एवं प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.