सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह


  •    न्युजभित्तो/२२ बैशाख २०८३, मंगलवार १६:५९ 
  • कैलाली, २२ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने बताउनुभएको छ ।

    आज यहाँ प्रदेशसभा सदस्यहरूसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने उल्लेख गर्दै सबै दलबाट प्रतिनिधित्व हुने गरी बजेट सुझाव समिति गठन गर्न आग्रह गर्नुभयो ।

    मुख्यमन्त्री शाहले बजेट निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्दै ‘बजेट सुझाव समिति’ गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई आवश्यक सुझाव दिन प्रमुख सचेतक विक्रमसिंह धामीको संयोजकत्वमा तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको पनि जानकारी दिनुभयो ।

    मुख्यमन्त्री शाहले ऐतिहासिक महत्त्व बोकेका धार्मिक तथा पर्यटकीय स्थललाई विशेष प्राथमिकता दिइने भएकाले सोहीअनुसार योजना तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टलाई निर्देशन दिनुभयो । यस्तै, ‘कोटेसन’ मार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिँद उहाँले त्यस्तो कार्यमा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन प्रमुख सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिनुभयो ।

    “प्रदेश सरकारले रु २५ लाखभन्दा कम लागतका योजनामा बजेट विनियोजन गर्नेछैन”, मुख्यमन्त्री शाहले भन्नुभयो, “प्रदेशका कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने छैनन् ।”

    कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले प्रदेशको समग्र विकासका लागि साझा सङ्कल्पसहित अघि बढ्नुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनजस्ता प्राथमिक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र दिगो विकास योजना लागू गर्नुपर्ने सुझाव दिएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
    • हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण
    • प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.