सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु


  •    न्युजभित्तो/२१ बैशाख २०८३, सोमबार १६:२० 
  • गुल्मी, २१ वैशाख । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले जानकारी दिनुभयो ।

    नवनिर्मित भवनमा सभाहल, बैठक कक्ष र कर्मचारीका लागि आवाससहित ३२ वटा कोठा छन् । चारतले उक्त भवनमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा आवतजावत गर्न लिफ्टको व्यवस्था गरिएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा नौ करोड रु १० लाख ९९ हजार ४३५को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो । भवन निर्माणका लागि अम्बेमाँ बलदेव जेभी, भरतपुरले जिम्मा पाएको थियो । 

    निर्माण कम्पनीले २०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भए पनि निर्धारित समयभन्दा दुई महिना अघिनै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.