सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता


  •    न्युजभित्तो/१४ बैशाख २०८३, सोमबार १६:४१ 
  • गण्डकी, १४ वैशाख । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ । 

    प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकामा उपाध्यक्ष भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

    सङ्घ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै उहाँले प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरूबारे चर्चा गर्नुभयो ।

    उपाध्यक्ष भण्डारीले प्रदेश मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार भएकाले प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलतासँग जोडिएको धारणा राख्नुभयो । उहाँले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्वयन तीनै तहका समन्वयमा कानुन तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.