सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १३:५४ 
  • कर्णाली, १६ चैत । कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु पाँच लाख उपलब्ध गराएको छ ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२÷८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

    “कृषि विषयको अनुसन्धान र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो, “यसबाट कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोगको अपेक्षा गरेका छौँ ।” नेपाल जस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो ।

    निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ । अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक÷एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.